• उद्योग, ताजा समाचार

    उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराएर मात्रै निर्यात गर्नु: उद्योग परिसंघ

     102 Views
    उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराएर मात्रै निर्यात गर्नु: उद्योग परिसंघ

    काठमाडौं, १८ जेठ । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरूमा लोडसेडिङ यथावत रहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात थालेको भन्दै आपत्ति जनाएको छ ।

    विद्युत् प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत् निर्यात गरेको जानकारी गराएको थियो ।

    यस्तै परिसंघले विद्युत् उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन आग्रह गर्दै आए पनि प्राधिकरणले विद्युत् आयात गर्दा महँगो पर्ने तर्क गर्दै विद्युत् आयात नगरेको आरोप लगाएको छ । यसको मारमा उद्योग विगत तीन महिनाअघि देखि पर्दै आएको समेत परिसंघले जनाएको छ ।

    अहिले विद्युत् बचत हुँदा पनि उद्योगहरूलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु प्राधिकरणले आफूलाई ‘खुद निर्यातकर्ता’ देखाउन मात्र खोजेको परिसंघको आरोप छ । साथै परिसंघले स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउने काम भएको समेत बताएको छ ।

    परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराएर बचत रहेको विद्युत् मात्रै निर्यात गर्न परिसंघ जोडदार माग गर्दछ,’

    यसमा तपाइको मत

    Facebook Comment