बीमासम्बन्धी भ्रमपूर्ण प्रचारप्रसार नगर्न अभिकर्तालाई प्राधिकरणको चेतावनी

अनलाइनसमय |
८ भदौ २०८३
बीमासम्बन्धी भ्रमपूर्ण प्रचारप्रसार नगर्न अभिकर्तालाई प्राधिकरणको चेतावनी

काठमाडौं, ८ साउन । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी भ्रामक, अतिरञ्जित तथा अनधिकृत प्रचारप्रसार नगर्न इजाजतपत्र प्राप्त सम्पूर्ण बीमा अभिकर्ताहरूलाई कडा चेतावनी दिएको छ ।

प्राधिकरणमा विभिन्न बीमा मध्यस्थकर्ता (अभिकर्ता) हरूले संस्थाको व्यवसायमा प्रतिकूल असर पर्ने गरी असत्य प्रचार गरिरहेको उजुरी प्राप्त भएपछि मध्यस्थकर्ता व्यवस्थापन शाखाले यस्तो चेतावनी दिएको हो ।

बीमा अभिकर्ता सम्बन्धी निर्देशिका, २०७९ को दफा १९ र आचारसंहिताको अनुसूची १ को २(ज) अनुसार आफू अभिकर्ता नभएको बीमकको बारेमा वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमताका विषयमा गलत र अतिरञ्जित विवरण दिन पाइँदैन ।

बीमा ऐन, २०७९ तथा आचारसंहिता विपरित हुने गरी कुनै पनि किसिमका भ्रामक, अतिरञ्जित र अनधिकृत प्रचारप्रसार गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस