ट्रम्पले गरे होर्मुज जलमार्गलाई ‘अमेरिकी भूभाग’ घोषणा

अनलाइनसमय |
७ भदौ २०८३
ट्रम्पले गरे होर्मुज जलमार्गलाई ‘अमेरिकी भूभाग’ घोषणा

काठमाडौं, ७ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्गलाई ‘अमेरिकी भूभाग’का रूपमा दाबी गरेपछि अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा होर्मुज जलमार्गको नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘नयाँ अमेरिकी भूभाग’का रूपमा प्रस्तुत गरेका हुन् । अमेरिकाले आफ्नो नीति परिवर्तन नगरेसम्म जलमार्ग बन्द राख्ने इरानले अडान दोहो¥याइरहेका बेला ट्रम्पको पछिल्लो दाबी सार्वजनिक भएको हो ।

ट्रम्पले यसअघि अगस्ट १४ मा लङ आइल्यान्डस्थित प्रहरी एकेडेमीमा आयोजित कार्यक्रममा पनि होर्मुज जलमार्गलाई चाँडै अमेरिकी भूभाग घोषणा गर्ने संकेत दिएका थिए । त्यसको केही दिनपछि अगस्ट १८ मा उनले पुनः सोही जलमार्गको नक्सा सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

ट्रम्पको अभिव्यक्तिप्रति इरानले भने कडा प्रतिक्रिया जनाएको इन्डिया टुडेले लेखेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकाले होर्मुज जलमार्ग आफ्नो नियन्त्रणमा लिन वा खुलाउन नसक्ने दाबी गरेका छन् । उनले वासिङ्टन र होर्मुजबीचको दूरी सात हजार माइलभन्दा बढी रहेको भन्दै ट्रम्पको दाबीमाथि प्रश्न उठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस