एक महिनामै भित्रियो करिब ४ अर्बको स्मार्टफोन

अनलाइनसमय |
५ भदौ २०८३
एक महिनामै भित्रियो करिब ४ अर्बको स्मार्टफोन

काठमाडौं, ५ भदौ । चालू आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो महिना (साउन)मा करिब ४ अर्ब रुपैयाँको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागका अनुसार आवको एक महिनामै नेपालमा ३ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको हो ।

साउनमा सो रकम बराबरको १ लाख ६९ हजार १८५ ओटा स्मार्टफोन आयात गरिएको छ । यसबाट सरकारलाई ७२ करोड ३५ लाख रुपैयाँ राजस्व प्राप्त भएको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस