काठमाडौं, ५ भदौ । कारोबारको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव ६७ अंकले घटेर दुई हजार ६१८ दशमलव ७२ बिन्दुमा कायम भएको हो ।
आज १ करोड २२ हजार ७६५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ४ अर्ब ४० करोड १४ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज ७० धितोपत्रको शेयर मूल्य बढ्दा १९८ को घटेको छ । यस्तै १० धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४४ धितोपत्र कारोबारमा आएका छन् ।
शुक्रबार म्युच्युअल फण्ड शून्य दशमलव ०३ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक बढेको छ । यसदिन अन्य समूह सर्वाधिक १ दशमलव ३ प्रतिशतले घटेको छ ।
यसदिन व्यापार शून्य दशमलव ६८, हाइड्रोपावर शून्य दशमलव ६६, विकास बैंक शून्य दशमलव ५४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, माइक्रोफाइनान्स शून्य दशमलव ४४, फाइनान्स शून्य दशमलव ४३, जीवन बीमा शून्य दशमलव ३७, लगानी शून्य दशमलव १९, निर्जीवन बीमा र बैंकिङको समान शून्य दशमलव ०४ र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले घटेको छ ।
आज सर्वोत्तम पेन्ट्स इन्ड्रस्ट्रीजको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि पञ्चकन्या हाइ हाइड्रोपावर १३ दशमलव ८६, राप्ति हाइड्रो एण्ड जनरल कन्ट्रक्सन ५ दशमलव ५१, हाथ्वे इन्भेष्टमेन्ट नेपाल ४ दशमलव ९९ र नेपाल लाइफ समृद्धि लगानी योजनाको शेयर मूल्य ४ दशमलव ६२ प्रतिशतले बढेको छ ।
यसदिन धौलागिरी लघुवित्त ५ दशमलव २६, लक्ष्मी भ्यालु फण्ड ५ दशमलव २२, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक ५ दशमलव २१, मुक्तिनाथ कृषि ४ दशमलव १७ र ग्रामिण विकास लघुवित्तको शेयर मूल्य ३ दशमलव ८७ प्रतिशतले ह्रास आएको छ ।