७.१७ अङ्कले बढ्यो नेप्से, करिब साढे ४ अर्बको कारोबार

अनलाइनसमय |
४ भदौ २०८३
७.१७ अङ्कले बढ्यो नेप्से, करिब साढे ४ अर्बको कारोबार

काठमाडौं, ४ भदौ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ७ दशमलव १७ अंकले बढेर दुई हजार ६२२ दशमलव २२ बिन्दुमा कायम भएको हो ।

आज ९५ लाख ७६६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १३२ धितोपत्रको शेयर मूल्य बढ्दा १३२ को घटेको छ । यस्तै १३ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४५ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार हाइड्रोपावर शून्य दशमलव ९९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७४, बैंकिङ शून्य दशमलव २८, अन्य शून्य दशमलव ०९, लगानी शून्य दशमलव ०४ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले बढेको छ ।

यसदिन म्युचुअल फण्ड शून्य दशमलव ६५, निर्जीवन बीमा शून्य दशमलव ४८, विकास बैंक शून्य दशमलव ३७, व्यापार शून्य दशमलव २१, फाइनान्स शून्य दशमलव १९ र माइक्रोफाइनान्स तथा होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०५ प्रतिशतले घटेको छ ।

आज सर्वोत्तम पेन्ट्स इन्ड्रस्ट्रीज र माउण्ट एभरेष्ट पावर डेभलवमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि एनआईसी एशिया सेलेक्ट फण्ड (३०) ६ दशमलव ६३, माण्डु हाइड्रोपावर ४ दशमलव ८७ र सानिमा मिडल तमर हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ८५ प्रतिशतले बढेको छ ।

यसदिन कुमारी धनवृद्धि योजना ९ दशमलव ७७, कुमारी इक्वीटि फण्ड ९, खानीखोला हाइड्रोपावर ५ दशमलव ९७, एनआईबीएल ग्रोथ फण्ड ४ दशमलव ६१ र आरबीबी म्युचुअल फण्डको शेयर मूल्य ४ दशमलव ३ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस