सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

अनलाइनसमय |
३ भदौ २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं, ३ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेका हुन ।

विश्वासको मतको परिणाम घोषणा गर्दै सभामुख भीमबहादुर भण्डारीले विश्वासको मतको पक्षमा ३१ र विपक्षमा १५ मत परेको जानकारी दिए । प्रदेश सभा बैठकमा ४६ सांसद उपस्थित थिए ।

नेकपा संसदीय दलका नेता भट्ट शुक्रबार सुदूरपश्चिमको पाँचौँ मुख्यमन्त्री नियुक्त भएका थिए । एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमति भएपछि अल्पमतमा परेका कांग्रेसका कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस