काठमाडौं, ३ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
आज दिउँसो तीन बजे बस्ने प्रदेशसभा बैठकमा उक्त प्रस्तावमाथि छलफल भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।
कर्णालीमा शाही मुख्यमन्त्रीमा नियुक्त भएको आज २२ दिन पुगेको छ । विश्वासको मत प्रयोजनका लागि सोमबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराइसकिएको छ ।
विश्वासको मत लिनुअघि नेकपा एमाले र नेकपाबीच केहीबेरमा छलफल हुनेछ । एमाले र नेकपाबीचको छलफलपछि सत्ता समीकरण तथा विश्वासको मतसम्बन्धमा अन्य दलहरुसँग पनि छलफल गर्ने तयारी छ ।