२.०१ अंकले घट्यो नेप्से, साढे ५ अर्बको कारोबार

अनलाइनसमय |
१ भदौ २०८३
२.०१ अंकले घट्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं, १ भदौ । कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ०१ अंकले घटेर दुई हजार ६४१ दशमलव ८२ बिन्दुमा कायम भएको हो ।

आज १ करोड १९ लाख ३२ हजार ३५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ७२ धितोपत्रको शेयर मूल्य बढ्दा २०१ को घटेको छ । यस्तै ५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५० धितोपत्र कारोबारमा आएका छन् ।

यसदिन उत्पादन तथा प्रशोधन १ दशमलव ३, अन्य शून्य दशमलव ४७, हाइड्रोपावर शून्य दशमलव ४५, म्युचुअल फण्ड शून्य दशमलव २९ र व्यापार समूहको उपसूचक शून्य दशमलव १४ प्रतिशतले बढेको छ ।

यसैगरी फाइनान्स १ दशमलव १४, माइक्रोफाइनान्स शून्य दशमलव ६६, निर्जीवन बीमा शून्य दशमलव ६१, लगानी शून्य दशमलव ५९, होटेल तथा पर्यटन शून्य दशमलव ५६, जीवन बीमा शून्य दशमलव ३६, विकास बैंक शून्य दशमलव २९ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ५ प्रतिशतले घटेको छ ।

आज सर्वोत्तम पेन्ट्स इन्ड्रस्ट्रीज र माउण्ट एभरेष्ट पावर डेभलवमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि रिलायन्स स्पीनिङ मिल्स ११ दशमलव १७, सगरमाथा जलविद्युत् ११ दशमलव ०६ र लक्ष्मी उन्नती कोषको शेयर मूल्य ८ दशमलव १६ प्रतिशतले बढेको छ ।

यसदिन फस्ट माइक्रो फाइनान्स लघुवित्त ६ दशमलव ६३, महिला लघुवित्त ६ दशमलव ५७, खानीखोला हाइड्रोपावर ६ दशमलव ०५, सेन्ट्रल फाइनान्स ४ दशमलव ५४ र सुपर खुदी हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव १३ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस