काठमाडौं, ३१ साउन । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिलो कारोबार दिन सुन प्रतितोला ३ लाख एक हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।