आज यी स्थानमा ठूलो पानी पर्ने

अनलाइनसमय |
२९ साउन २०८३
आज यी स्थानमा ठूलो पानी पर्ने

काठमाडौं, २९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले कर्णाली प्रदेशको धेरै ठाउमा तथा गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केहि ठाउमा, साथै बागमती र कोशी प्रदेशका थोरै ठाउमा मध्यमसम्मको पानी परिरहेको छ ।

विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै स्थान कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान, मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थान साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागको एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशका हिमाली र पहाडी भू–भागका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । देशको तराई भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस