‘बालेन सरकार’मार्फत जोगिन्दरको राजनीतिक व्यंग्य

अनलाइनसमय |
२८ साउन २०८३
‘बालेन सरकार’मार्फत जोगिन्दरको राजनीतिक व्यंग्य

काठमाडौं, २६ साउन । हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले यस वर्षको गाईजात्रालाई लक्षित गर्दै नयाँ हास्यव्यंग्य प्रस्तुति ‘बालेन सरकार’ ल्याएका छन् ।

वि सं. २०८३ को गाईजात्रे कमेडीका रूपमा तयार पारिएको ‘बालेन सरकार’मा समसामयिक राजनीतिक घटनाक्रम, सरकार, राजनीतिक दल तथा नेताहरूलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

रिजालले प्रस्तुतिमा सरकारका कामकारबाहीप्रति खबरदारी गर्दै विभिन्न राजनीतिक तथा सामाजिक विषयमा कटाक्ष गरेका छन् । उनले गत फागुन २१ गते भएको निर्वाचनका विषयलाई समेत व्यंग्यको विषय बनाएका छन् ।

त्यसैगरी, ‘बालेन सरकार’मार्फत नेपाली समाजमा देखिएका विभिन्न प्रवृत्ति र राजनीतिक संस्कारमाथि समेत हास्यव्यंग्य गरिएको छ ।

गाईजात्रालाई नेपाली समाजमा राजनीतिक, सामाजिक तथा समसामयिक विषयमाथि व्यंग्य गर्ने पर्वका रूपमा लिइन्छ । यही परम्परालाई निरन्तरता दिँदै रिजालले यस वर्षको गाईजात्राका लागि ‘बालेन सरकार’ तयार पारेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस