नेपाली सेनाका अफिसर क्याडेट हिमाल नेपाली बेलायती सैन्य एकेडेमीमा सम्मानित

अनलाइनसमय |
२४ साउन २०८३
नेपाली सेनाका अफिसर क्याडेट हिमाल नेपाली बेलायती सैन्य एकेडेमीमा सम्मानित

काठमाडौं, २४ साउन । बेलायतको चर्चित सैन्य तालिम केन्द्र रोयल मिलिटरी एकेडेमी सान्द्रस्टमा नेपाली सेनाका क्याडेट हिमाल नेपाली सम्मानित भएका छन् ।

नेपालीले बेलायतस्थित विश्वप्रसिद्ध रोयल मिलिटरी एकेडेमी सान्द्रस्टमामासञ्चालित कठिन ‘कमिसनिङ कोर्स’ सफलतापूर्वक पूरा गरेका नेपालस्थित बेलायती राजदूतावासले जनाएको छ ।

No photo description available.

विश्वको नामी सैन्य तालिम केन्द्रमा बेलायती सेनाका मेजर जनरल निक कोलेले पदकसहित सम्मान गरेका हुन् ।

रोयल मिलिटरी एकेडेमी सान्द्रस्टमा दिइने सैन्य तालिमलाई विश्वभर नै अत्यन्त चुनौतीपूर्ण, गुणस्तरीय र प्रतिष्ठित मानिन्छ । यस तालिममा सहभागी हुन संसारभरका विभिन्न देशका सैन्य अधिकारीहरू पुग्ने गर्छन् ।

नेपाल र बेलायतको सैन्य साझेदरी २०० वर्षभन्दा धेरै भएको छ ।

No photo description available.

 

No photo description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस