बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

अनलाइनसमय |
१७ साउन २०८३
बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, १७ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। देशका पहाडी भू–भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । साथै तराई भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राती देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागको थोरै स्थान मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा सुदुरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू–भाग, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस