कारोबार रकमसँगै बढ्यो नेप्से परिसूचक

अनलाइनसमय |
१५ साउन २०८३
कारोबार रकमसँगै बढ्यो नेप्से परिसूचक

काठमाडौं, १५ साउन । यस साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ दशमलव ९६ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६८५ दशमलव ५४ को विन्दुमा बन्द भएको छ । गत हप्ता शुक्रबार परिसूचक १६ दशमलव २९ अङ्कले घटेर २,६७२ को विन्दुमा कायम भएको थियो ।

आज परिसूचक बढेसँगै कारोबार रकम पनि सुधार देखिएको छ । बिहीबार ३ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ८८ लाख ५१ हजार २१६ कित्ता शेयर ४६ हजार ७५२ पटक किनबेच भएको छ ।

शुक्रबार ३३७ धितोपत्र कारोबारमा आए, जसमध्ये १८० धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ८२ धितोपत्रको मूल्य घटेको छ भने १३ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये निर्जीवन र व्यापार समूहको बाहेक सबै समूहको उपसूचक बढेको छ । यस दिन अन्य समूहको उपसूचक सबैभन्दा धेरै ०.९३ प्रतिशतले बढेको छ । त्यस्तै, बैकिङ समूहको ०.७२, हाइड्रोपावरको ०.६९, विकास बैंक तथा होटल एण्ड टुरिजमको समान ०.४८ र उत्पादनमुलक समूहको उपसूचक ०.२५ प्रतिशतले बढेको छ ।

शुक्रबार एभरेस्ट कलरको शेयर मूल्य १५ प्रतिशत बढेको छ । त्यस्तै, जोशी हाइड्रोपावरको ६.७९, अपर लोहोरेखोलाको ६.४४, युनिभर्सल पावरको ४.३२ र विकास हाइड्रोपावरको ३.६८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज बोटलर्स नेपाल बालाजुको मूल्य शेयर सबैभन्दा धेरै मूल्य ५.३३ प्रतिशतले घटेको छ । कालिन्चोक हाइड्रोपावरको ३.५५ र कर्पोरेट डेभलपमेन्ट बैंकको ३.०३ प्रतिशतले मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा रिडी पावर, ग्लोबल आईएमई बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक क्रमशः अगाडि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस