तोलामा ८ सयले बढ्यो सुन, चाँदी सामान्य घट्यो

अनलाइनसमय |
१४ साउन २०८३
तोलामा ८ सयले बढ्यो सुन, चाँदी सामान्य घट्यो

कामाडौं, १४ साउन । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ८०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी भने तोलामा १० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस