प्रधानमन्त्रीद्वारा सुरक्षा परिषद् बैठक आह्वान

अनलाइनसमय |
१४ साउन २०८३
प्रधानमन्त्रीद्वारा सुरक्षा परिषद् बैठक आह्वान

काठमाडौं, १४ साउन । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे बैठक आह्वान गरिएको हो ।

बैठकमा देशको पछिल्लो सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषय तथा विकसित परिस्थितिबारे समीक्षा र आवश्यक निर्णयका लागि छलफल हुने जनाइएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव सदस्य रहने कानुनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस