यी स्थानमा आज पानी पर्ने सम्भावना

अनलाइनसमय |
१० साउन २०८३
यी स्थानमा आज पानी पर्ने सम्भावना

काठमाडौं, १० साउन । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ, बाँकी प्रदेशमा आंशिक बादल लागेको छ ।

विभागका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थान तथा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस