काठमाडौं, ८ साउन । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन परिसूचक ७ दशमलव ९० अंकले बढेर २ हजार ७३४ दशमलव ०२ विन्दुमा पुगेको हो ।
आज २७६ कम्पनीको कारोबार हुँदा १४३ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै ११८ कम्पनीको घट्दा १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
हिजो कारोबार दिन ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार यो रकम बढेर ६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
यसदिन बैंकिङ १ दशमलव १७, विकास बैंक शून्य दशमलव ९६, होटल तथा पर्यटन शून्य दशमलव ४२, माइक्रोफाइनान्स शून्य दशमलव ३६, जीवन बीमा शून्य दशमलव १३ तथा निर्जीवन बीमा शून्य दशमलव ०२ प्रतिशतले बढेका छन् ।
यस्तै व्यापार शून्य दशमलव ३५, अन्य शून्य दशमलव २६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५९, जलविद्युत् शून्य दशमलव १२ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव १५ प्रतिशतले घटेका छन् ।