मोटरसाइकलमा स्टन्ट गरेपछि रास्वपा सांसद गुप्तालाई जरिवाना

अनलाइनसमय |
८ साउन २०८३
मोटरसाइकलमा स्टन्ट गरेपछि रास्वपा सांसद गुप्तालाई जरिवाना

काठमाडौं, ८ साउन । चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय, लहानले ट्राफिक नियम उल्लंघन गरेको ठहर गर्दै सांसद गुप्तालाई ५ सय रुपैयाँ जरिवाना गरेको हो । जरिवाना रकम बुझाएपछि उहाँलाई ट्राफिक प्रहरीले जरिवाना रसिदसमेत उपलब्ध गराएको जनाएको छ ।

भिडियो सार्वजनिक भई सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि सांसद गुप्ताले नेपाल प्रेससँगको कुराकानीमा आफ्नो व्यवहारप्रति क्षमायाचना गरेका थिए । साथै, आफू कानुनअनुसार हुने कारबाही स्वीकार गर्न तयार रहेको बताएका थिए ।

सांसद गुप्ताले चलिरहेको मोटरसाइकलमा स्टन्ट शैलीमा उभिएर यात्रा गरेको दृश्य भाइरल बनेपछि सर्वसाधारणले सार्वजनिक पदमा रहेका व्यक्तिले ट्राफिक नियमको पालना गर्नुपर्ने भन्दै आलोचना गरेका थिए । ट्राफिक प्रहरीले भने प्रचलित कानुनअनुसार जरिवाना गर्दै आवश्यक कारबाही प्रक्रिया पूरा गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस