प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गदैं प्रधानमन्त्री बालेन

अनलाइनसमय |
८ साउन २०८३
प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गदैं प्रधानमन्त्री बालेन

काठमाडौं, ८ साउन । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शुक्रबार देशका प्रमुख निर्यातमुखी उद्योग तथा व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा निर्यात क्षेत्रका विभिन्न संघ–संस्थाका पदाधिकारी तथा उद्योगीहरू सहभागी हुने कार्यक्रम छ ।

छलफलमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक संघका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुने जनाइएको छ ।

प्रधानमन्त्री शाहले निर्यात व्यापार विस्तारमा देखिएका चुनौती, नीतिगत सुधारका आवश्यकता र उद्योगी–व्यवसायीले भोगिरहेका समस्याका विषयमा प्रतिनिधिहरूसँग सुझाव तथा धारणा लिने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस