सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

अनलाइनसमय |
७ साउन २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, ७ साउन । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस