युवा आन्दोलन चर्किएपछि मोदीको सन्देश : युवाका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध

अनलाइनसमय |
७ साउन २०८३
युवा आन्दोलन चर्किएपछि मोदीको सन्देश : युवाका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध

काठमाडौं, ७ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युवाका मागलाई द्रुत रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । भारतमा युवा आन्दोलन तीव्र बन्दै गएपछि उनले सामाजिक सञ्जाल एक्समार्फत यस्तो सन्देश दिएका हुन् ।

मोदीले मेडिकल प्रवेश परीक्षासँग सम्बन्धित प्रश्नपत्र लिक प्रकरणमा सरकारले गम्भीरतापूर्वक कदम चालिरहेको उल्लेख गरेका छन् । उनले उक्त घटनाको छानबिन तथा कारबाहीका लागि छुट्टै न्यायिक संयन्त्रमार्फत द्रुत सुनुवाइको व्यवस्था गरिएको जानकारी दिए ।

‘युवाहरूको भविष्यभन्दा ठूलो अरू केही हुन सक्दैन। प्रश्नपत्र लिक प्रकरणमा आवश्यक कारबाहीका लागि निर्देशन दिइसकिएको छ,’ मोदीले एक्समा लेखेका छन् ।

उनले युवाको विश्वास कायम राख्न तथा उनीहरूको भविष्य सुरक्षित बनाउन सरकारले आवश्यक सुधारका कार्यक्रम क्रमिक रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

भारतमा पछिल्ला दिनहरूमा विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा अनियमितता भएको आरोपसँगै विद्यार्थी तथा युवाहरूले प्रदर्शन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस