काठमाडौं, ४ साउन । सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा ८० रुपैयाँले बढेको छ । आईतबार प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।