आज देशका अधिकांश स्थानमा ठूलो पानी पर्ने सम्भावना

अनलाइनसमय |
४ साउन २०८३
आज देशका अधिकांश स्थानमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, ४ साउन । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केहि स्थानमा,गण्डकी र कर्णाली थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

साथै, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरुमा तथा बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस