तोलामा ३१ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
१ साउन २०८३
तोलामा ३१ सयले घट्यो सुनको मूल्य

काठमाडौं, १ साउन । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी पनि तोलामा १२५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस