आज सातै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

अनलाइनसमय |
१ साउन २०८३
आज सातै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, १ साउन । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले बागमती, गण्डकी , कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

त्यस्तै, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा , कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तारईको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकोक छ ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा र मधेश प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस