अनेरास्ववियुका अध्यक्षसहित ७ जना पक्राउ

अनलाइनसमय |
३१ असार २०८३
अनेरास्ववियुका अध्यक्षसहित ७ जना पक्राउ

काठमाडौं, ३१ असार । सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्षसहित ७ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

राज्य आतंक बढ्दै गएको आरोप लगाउँदै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

अनेरास्ववियुका अनुसार पक्राउ पर्नेमा अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा र सिरिस बुढाथोकी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस