आज यी स्थानमा ठूलो पानी पर्ने सम्भावना

अनलाइनसमय |
२९ असार २०८३
आज यी स्थानमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, २९ असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको पहाडी र तराई , कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा तथा सुदुरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती कोशी र बागमती प्रदेशका हिमाली भू–भागका धैरै स्थान, गण्डकी प्रदेशको हिमाली भू–भागको केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

त्यस्तै, कोशी प्रदेशको पहाडी र तराई भू–भागका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा साथै बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस