काठमाडौं, २४ असार । सरकारको मुख्यसचिवमा गोविन्द कार्की नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
वर्तमान मुख्यसचिव सुमनराज अर्याल असार २६ गते अनिवार्य अवकासमा जाने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो ।