काठमाडौं, २३ असार । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २४ दशमलव ५७ अंकले बढेर दुई हजार ६५१ दशमलव ६८ बिन्दुमा कायम भएको हो ।
आज ९५ लाख १९ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज २१० धितोपत्रको शेयर मूल्य बढ्दा ५७ को घटेको छ । यस्तै १० धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५२ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार सबै समूहको उपसूचक बढेको छ । यसदिन व्यापार सर्वाधिक १ दशमलव ८९ प्रतिशतले बढेको छ ।
यसदिन बैंकिङ १ दशमलव ५२, विकास बैंक १ दशमलव १३, हाइड्रोपावर शून्य दशमलव ९९, अन्य शून्य दशमलव ७७, निर्जीवन बीमा शून्य दशमलव ७२, जीवन बीमा शून्य दशमलव ६९, फाइनान्स शून्य दशमलव ५७, होटेल तथा पर्यटन शून्य दशमलव ५४, लगानी शून्य दशमलव ३८, माइक्रोफाइनान्स शून्य दशमलव २५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ३ प्रतिशतले बढेको छ ।
आज कालंगा हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा याम्बालिङ हाइड्रोपावार र टक्सार खोला हाइड्रोपावर रहेका छन् । यस्तै आर बीबी फोकस (४०) १३ दशमलव ८५, सानिगढ हाइड्रो १० दशमलव ५७, उपकार लघुवित्त ९ दशमलव ६६ र मन्दकिनी हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ५५ प्रतिशतले बढेको छ ।
यसदिन आत्मनिर्भर लघुवित्त ७ दशमलव ९९, स्नो रिभर्स ५ दशमलव १३ र कुमारी सवल योजनाको शेयर मूल्य ४ दशमलव ६२ प्रतिशतले घटेको छ ।