काठमाडौं, १७ असार । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४४ दशमलव ५९ अंकले बढेर दुई हजार ६५२ दशमलव ९३ बिन्दुमा कायम भएको हो ।
आज ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ३ अर्ब २५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज २५२ धितोपत्रको शेयर मूल्य बढ्दा १७ को घटेको छ । यस्तै ६ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३६२ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार सबै समूहको उपसूचक बढेको छ । यसदिन हाइड्रोपावर सर्वाधिक २ दशमलव ४२ प्रतिशतले घटेको छ ।
यसदिन उत्पादन तथा प्रशोधन २ दशमलव ३४, निर्जीवन बीमा २ दशमलव ०३, अन्य १ दशमलव ७६, होटेल तथा पर्यटन १ दशमलव ६६, लगानी १ दशमलव ६५, फाइनान्स १ दशमलव ४९, जीवन बीमा १ दशमलव ४८, विकास बैंक १ दशमलव १५, बैंकिङ १ दशमलव १४, माइक्रोफाइनान्स १ दशमलव ११ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ५५ प्रतिशतले बढेको छ ।
आज स्नो रिभर्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सीवाइसी नेपाल लघुवित्त १४ दशमलव २२, भुजुंग हाइड्रोपावर १३ दशमलव ९, कुथेली बुखरी स्मल हाइड्रोपावर ९ दशमलव ७३ र मिड सोलु हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ३७ प्रतिशतले बढेको छ ।
यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक ५ दशमलव २१, धौलागिरी लघुवित्त ४ र अपर सिंगे हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ५५ प्रतिशतले घटेको छ ।