सोमबार घट्यो सुनचाँदीको मूल्य

अनलाइनसमय |
१५ असार २०८३
सोमबार घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, १५ असार । नेपाली बजारमा सोमबार सुनचाँदीको मूलय घटेको छ । आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ८२ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको छ । हिजो चाँदी ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस