काठमाडौं, १२ असार । नेदरल्याण्ड्समा हुने आईसीसी विश्वकप लिग–२ का लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो ।
नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी उपकप्तान, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा रहेका छन् ।
त्यस्तै, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी टोलीमा समावेश छन् ।
यस्तै, क्यानलेसन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भ सूचीमा राखेको छ ।