काठमाडौं, १२ असार । केही दिनयता लगातार भटेको सुनको मूल्य आज भने बढेको छ । आज पनि सुन अघिल्लो कारोबार दिनको तुलनामा तोलामा ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी भने तोलामा ५५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार १८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।