काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा दिने भएको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघिय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै उच्च माग र आय भएका प्राविधिक शिक्षाका लागि कर्जा तथा सहुलियत दिन कानुन परिमार्जन पनि गरिने बताए ।
साथै बजेटमार्फत चिकित्सातर्फ जनशक्ति प्रक्षेपण गरी शिक्षण कोटा पुनरावलोकन गरिने समेत घोषणा गरिएको छ ।