रास्वपाको प्रथम महाधिवेशन आजदेखि

अनलाइनसमय |
७ असार २०८३
रास्वपाको प्रथम महाधिवेशन आजदेखि

चितवन, ७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । पार्टीले महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले भरतपुरस्थित गेष्टहाउस चौरमा हुने महाधिवेशनको व्यवस्थापन अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार प्रतिनिधि छनोट, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत सबै तयारी सम्पन्न भइसकेको छ ।

महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ ।

पार्टीले महाधिवेशन सफल बनाउन १८ वटा उपसमिति गठन गरी विभिन्न जिम्मेवारी बाँडफाँट गरेको थियो । राजनीतिक, आर्थिक, संगठनात्मक तथा विधानसम्बन्धी प्रतिवेदनहरू तयार भइसकेका छन् भने केन्द्रीय समितिले महाधिवेशनमा पेश गरिने संशोधित विधानलाई समेत स्वीकृत गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस