काठमाडौं, १२ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपालमा रहेका युरोपेली संघ (ईयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग आज सामूहिक भेटवार्ता गर्दै छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे तय गरिएको उक्त कार्यक्रममा विभिन्न देशका कूटनीतिक प्रतिनिधिसँग समसामयिक विषयमा संवाद हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध विस्तार तथा आपसी सहकार्यका सम्भावित क्षेत्रबारे छलफल हुने कार्यक्रम छ ।
सचिवालयका अनुसार सरकारले अन्तर्राष्ट्रिय साझेदारीलाई थप प्रभावकारी बनाउने तथा विकास, कूटनीति र सहकार्यका विषयलाई प्राथमिकतामा राखेर संवाद अघि बढाउने तयारी गरेको छ ।