काठमाडौं, २८ वैशाख । मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आज ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको हो ।
संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । आजै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने कार्यक्रम छ ।
राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३ः४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ ।
त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुने छन् ।