मन्त्रिपरिषद् बैठक आज बस्दै

अनलाइनसमय |
२५ वैशाख २०८३
मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिने सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको हो ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताइएको छ । साथै, बैठकबाट केही महत्वपूर्ण निर्णयसमेत सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस