प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद बैठक

अनलाइनसमय |
२३ वैशाख २०८३
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद बैठक

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक बोलाएका छन् ।

वैशाख २४ गते साँझ ५ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संवैधानिक पदहरुमा नियुक्ति सिफारिसका लागि परिषदको बैठक बोलाइएको हो ।

सरकारले हालै संवैधानिक परिषदसम्बन्धी अध्यादेश पनि ल्याएको थियो । प्रधानमन्त्रीसहित ३ जनाको बहुमतबाट निर्णय लिन सक्ने अध्यादेशको व्यवस्था छ । संवैधानिक परिषदमा ६ जना रहन्छन् ।

हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका संवैधानिक पदाधिकारी पद रिक्त छन् । संवैधानिक पदहरुमा नियुक्तिका लागि परिषदले सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस