काठमाडौं, २० वेशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । समसामयिक राजनीतिक विषय तथा पार्टीका आन्तरिक एजेन्डामाथि छलफल गर्न बैठक आयोजना गरिएको हो ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक बिहान ११ बजे वनस्थलीस्थित घण्टीघरमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा सुरु हुनेछ ।
सभापतिको निर्देशनअनुसार बोलाइएको बैठकमा पार्टी संगठन र आगामी रणनीतिसम्बन्धी विभिन्न विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रुपरेखा–२०८३, महाधिवेशन कार्यविधि–२०८३ तथा संसदीय दलको विधान संशोधनलगायत विषय प्रमुख एजेन्डाका रूपमा रहने जनाइएको छ ।