राष्ट्रपतिद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी

अनलाइनसमय |
१७ वैशाख २०८३
राष्ट्रपतिद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी

काठमाडौं, १७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस आएको ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन् ।

सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि सिफारिस गरेको थियो, जसमध्ये ५ वटा ‘होल्ड’मा राखेर सहकारी पहिलो संशोधन अध्यादेशमात्र जारी गरिएको छ ।

सरकारले संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेश पनि राष्ट्रपतिसमक्ष पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस