• ताजा समाचार, समाज

    काठमाडौँ महानगरविरुद्ध न्युरोड सडकमा स्थानीयको प्रदर्शन

     121 Views
    काठमाडौँ महानगरविरुद्ध न्युरोड सडकमा स्थानीयको प्रदर्शन

    काठमाडौं, १४ जेठ । काठमाडौं महानगरपालिकाले न्युरोड (नयाँ सडक) क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाको उक्त योजनाको विरोधमा सोमबार स्थानीयले मानव साङ्लो बनाएर साङ्केतिक प्रदर्शन गरेका हुन् ।

    महानगरपालिकाले ९ माघ २०८० देखि व्यापारिक क्षेत्र न्युरोडका सडक दायाँबायाँ पार्किङ हटाएको थियो । पार्किङ हटाएपछि महानगरले पैदल यात्रुलाई सहज बनाउन फुटपाथको चौडाइ बढाउन निर्माण कार्य सुरु गरिसकेको छ ।

    स्थानीय ‘नयाँ सडक बचाऔं’, ‘न्युरोड साँघुरो गर्न पाइँदैन’ जस्ता नारा लेखिएका ब्यानर बोकेर न्युरोड गेटदेखि विरोधमा उत्रिएका थिए ।

    स्थानीयले न्युरोड गेटबाट जुद्ध शालिकसम्म दायाँबायाँ उभिएर महानगरले निर्माण गर्न लागिएको फुटपाथको चौडाइको आकार बनाएका छन् । स्थानीय दायाँबायाँ उभिएको बीच भागमात्र अब सडक बन्ने र त्यसउता फुटपाथ बनाउन लागिएको भन्दै प्रदर्शन गरिरहेका हुन् ।

    यसमा तपाइको मत

    Facebook Comment