रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

अनलाइनसमय |
३ वैशाख २०८३
रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

काठमाडौं, ३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन् ।

बिहीबार बसेको संसदीय दल बैठकले काठमाडौं–७ बाट निर्वाचित पराजुलीलाई दल उपनेता चयन गरेका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

आजै बसेको संसदीय दल बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक र प्रकाशचन्द्र परियार तथा क्रान्तिशिखा धिताललाई सचेतक नियुक्त गरेको थियो ।

रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह दल नेता हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस