काठमाडौं, २९ चैत । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल टर्की भ्रमणमा जाने भएका छन् ।
अध्यक्ष दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी आफू अन्तर–व्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुन टर्की जान लागेको जानकारी गराएका हुन् ।
राष्ट्रपतिको सचिवालयका अनुसार दाहालले उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने आफ्नो कार्यक्रमबारे राष्ट्रपति समक्ष अवगत गराएका थिए ।