काठमाडौं, २७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९५ बमोजिम दिउँसो ३ बजे उक्त संयुक्त बैठकलाई सम्बोधन गर्न लागिएको हो ।
सम्बोधन कार्यक्रमका लागि संसद्का दुवै सदनका सदस्यहरुलाई उपस्थित हुन आह्वान गरिएको छ ।