काठमाडौं, २५ चैत । नेकपा एमालेकी सांसद् टुकाभद्रा हमालले प्रधानमन्त्री बालेन शाहले प्रत्यक्ष र समानुपातिक सांसद्लाई फरक–फरक व्यवहार गरेको आरोप लगाएकी छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित सांसद्हरूसँग मात्रै भेटेको भन्दै असन्तुष्टि जनाइन् । ‘प्रत्यक्ष निर्वाचित सांसद्हरूलाई भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिनुभएको सुन्नमा आएको छ । तर समानुपातिकतर्फबाट आएकाहरूलाई त्यो अवसरबाट किन वञ्चित गरियो रु,’ उनले प्रश्न गरिन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले सांसद्हरूसँग प्रदेशगत रुपमा भेट गरेका थिए । तर, यसमा प्रत्यक्षलाई मात्रै सहभागी गराइएको भनेर एमाले सांसद् हमालले प्रश्न उठाएकी हुन् ।
साथै उनले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानूनी हिसाबले थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरिन् ।