राष्ट्रिय सभाका चार समिति सभापतिले लिए शपथ

अनलाइनसमय |
२५ चैत २०८२
राष्ट्रिय सभाका चार समिति सभापतिले लिए शपथ

काठमाडौं, २५ चैत । राष्ट्रिय सभा अन्तर्गतका चार वटा संसदीय समितिका सभापतिले शपथ लिएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ क. को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । समिति सभापतिको निर्वाचन मंगलबार भएको थियो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्ण प्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्ण बहादुर रोकाया, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्ती देवी राई निर्विरोध निर्वाचित भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस