राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

अनलाइनसमय |
२४ चैत २०८२
राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

काठमाडौं, २४ चैत । राष्ट्रियसभा उपाध्यक्ष लीलाकुमारी भण्डारीले शपथ लिएकी छन् ।

राष्ट्रपति भवन शीलतनिवासमा आयोजित शपथ समारोहमा अध्यक्ष नारायण दाहालबाट भण्डारीले शपथ लिएकी हुन् ।

राष्ट्रियसभामा रहेका दलहरूबीच सहमतिपछि एमालेको तर्फबाट भण्डारी सहमतिमै उपाध्यक्ष चयन भएकी थिइन् ।

शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, सभामुख डीपी अर्यालसहित उच्चपदस्थ सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस